aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

क्वारेन्टाइनमा बसेका उदयपुरका एक युवाले गरे आत्महत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
क्वारेन्टाइनमा बसेका उदयपुरका एक युवाले गरे आत्महत्या

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।  

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको अध्यक्ष खड्काले जनाएका छन् । 

जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले श्रीमान श्रीमतीबिच नियमित झगडा हुँदै आएको बताए । यसबारे थप अनुसन्धान भइरहेको  एसपी मगरले जनाएका छन् । 

अहिले पोष्टमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस