काठमाडौं । सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै लकडाउन उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।
अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।
बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस