aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कपिलवस्तुका संक्रमित दाजुभाइ केहीदनअघि मात्रै मुम्बइबाट आएको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
कपिलवस्तुका संक्रमित दाजुभाइ केहीदनअघि मात्रै मुम्बइबाट आएको खुलासा

कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए। संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो। 

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । अन्नपुर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस