aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोनाबारे जानकारी दिने फोनमा हाँस्यास्पद सोधपुछले हैरानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
कोरोनाबारे जानकारी दिने फोनमा हाँस्यास्पद सोधपुछले हैरानी

काठमाडौं । ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’

टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरसबारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन् ।

बन्दाबन्दीको बेला पहिलेभन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन् । साँच्चिकै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यून छ । आजको गोरखापत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस