aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

भरतपुर । खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । चितवन खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको हत्या गरेका हुन् । 

घरायसी विवादका कारण शनिबार राति १० बजे खुकुरी प्रहार गरी कृष्णप्रसादले श्रीमतीको हत्या गरेका चितवन प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनका दुई श्रीमती थिए। हत्या गरिएकी श्रीमती कान्छी हुन् । 

प्रतिक्रिया दिनुहोस