aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अब केपी ओली गीतकार पनि, शिशिर योगीले दिँदैछन् साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
अब केपी ओली गीतकार पनि, शिशिर योगीले दिँदैछन् साथ

काठमाडौँ । १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो ।

सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।

कविताको शीर्षक थियो, ‘अब आँसु खसाउनु पर्दैन’ ।
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन

सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि ।

योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो ।

अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।

कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनुहोस