aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भारतबाट एक लाख मजदुर नेपाल आउने तयारीमा, संक्रमण भयावह हुन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
भारतबाट एक लाख मजदुर नेपाल आउने तयारीमा, संक्रमण भयावह हुन सक्ने

काठमाडौं । भारतबाट दुई–तीन साताभित्र एक लाख मजदुर नेपाल आउन सक्ने जनाइएको छ । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् ।  

उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । 

विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । आजको राजधानी दैनिकबाट  

प्रतिक्रिया दिनुहोस