aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा

काठमाडौं । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।

लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ । 

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस