धनकुटा । जिल्ला अस्पताल धनकुटा सिल गरिएको छ । धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको हो ।
आइतबार बसेको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
आइतबार पुष्टि भएका कोरोना संक्रमित मध्ये एक जना धनकुटा अस्पतालकी स्वास्थ्यकर्मी रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस