aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालमा कोरोना संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
नेपालमा कोरोना संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए

काठमाडौं । नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । 

९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय  ११ मा संक्रमण देखिएको थियो । यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो । 

गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ । 

परीक्षण दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । आजको राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस