काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाले जनाएको छ । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन्।
प्रतिक्रिया दिनुहोस