काठमाडौं । बैंक मार्फत वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरसको लकडाउनका बेला घरमै पुर्याउन आग्रह गरिएको छ ।
बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानसक्ने अवस्था नभएपछि घरमै पु¥याउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिकका अगुवाले बन्दाबन्दीको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले प्रत्येक स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरमा पुगेर वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले बन्दाबन्दीले गर्दा सवारीसाधन चलेका छैनन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही बैंकसम्म पुग्न सक्ने अवस्था छैन । पुगिहाले पनि लाइनमा बसेर भत्ता लिन सक्दैनन् । स्थानीय तहका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था गर्नुपर्छ बताएका छन् । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस