aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोनाबारे बुझ्ने गरी सूचना दिनुः सुचना आयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
कोरोनाबारे बुझ्ने गरी सूचना दिनुः सुचना आयोग

काठमाडौं । राष्ट्रिय सुचना आयोगले कोरोना भाइरसबारे बुझ्ने गरी सुचना दिन माग गरेको छ । आयोगले कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा सो निर्देशन दिएको हो । आमसञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था मिलाउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जानकारी दिन स्थानीय भाषाको सञ्चार माध्यमको समेत अधिकतम प्रयोग गर्न सुझाव आयोगले दिएको छ ।

औषधिका बारेमा नियमित तीनै तहका सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउनसमेत आयोगले माग गरेको छ । आइसोलेसन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सरकारी एवं गैरसरकारी तवरमा निर्मित सङ्घ, प्रदेश, स्थानीय तहका उपचार स्थलमा रहेका नागरिक बारेमा एकीकृत तथ्याकंको विवरण सार्वजनिक गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । आजको गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस