aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पोखराका होटल असोजसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
पोखराका होटल असोजसम्म बन्द

पोखरा । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आए पनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।”

उनले अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आए पनि डुल्न जाने ठाउँ कहीँकतै छैन । समाजमा डर त्रास हटेको छैन । कोरोनाका कारण होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब एक÷दुई वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा सञ्चालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस