aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक व्यक्तिका लागि सडक बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
एक व्यक्तिका लागि सडक बन्द

काठमाडौं । राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ। केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपछि बिना सूचना नारायणचौरबाट एमआरआई सेन्टरदेखि उत्तरतर्फ जाने पूरै सडक सिल गरिएको हो। ती सुरक्षा गार्ड गरुड सेक्युरिटी सर्भिस प्रालिसम्बद्ध हुन्।

प्रहरी प्रधान कार्यालयनजिकै रहेको स्थानमा जबर्जस्ती सडक बन्द गरिएपछि स्थानीयको आवतजावतमा बाधा उत्पन्न भएको छ। एक व्यक्तिका लागि एकतर्फी रूपमा सडकमा प्रहरी नै राखेर हिँडडुलमै बाधा उत्पन्न गरेपछि मानवअधिकारको प्रश्नसमेत उठेको छ। ‘यदि जोखिम हो भने घरहरूमा पनि स्प्रे गर्नुपर्‍यो। प्रहरी राखेर घर कम्पाउन्डबाट निस्कनै नदिने गरी नै सिल गरियो’, वरिष्ठ अधिवक्ता सुशील पन्तले जानकारी दिँदै भने, ‘आईजीपी बस्ने घर भएकै ठाउँमा त यस्तो अवस्था छ, दूरदराजका नागरिकको अवस्था झन् कस्तो होला ?’

हातमा लठ्ठी बोकेका प्रहरीले त्यस क्षेत्रका मेडिकलसमेत बन्द गर्न लगाएका छन्। प्रहरीले स्थानीयसँग सल्लाहबिनै एकतर्फी बन्द गरेको हो। अन्नपूर्णबाट 

प्रतिक्रिया दिनुहोस