aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

विद्युुतीय शवदाह गृह पुनः सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
विद्युुतीय शवदाह गृह पुनः सञ्चालन

काठमाडौं । बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।

कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९) सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि यसलाई बन्द गरिएको थियो । शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले भने, “निर्मलीकरण प्रक्रिया पूरा भएको छ । आइतबारदेखि यन्त्र चालू हुन्छ । ’’

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको यन्त्र अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको उनले जानकारी दिए । सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा आउन लागेको हो । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस