aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नेपालमा कोरोना संक्रमण दर उच्च, एक सातामा ३१३ जना थपिए

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, १२ जेठ २०७७
नेपालमा कोरोना संक्रमण दर उच्च, एक सातामा ३१३ जना थपिए

काठमाडौं  ।पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ ।

एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७७ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस