aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कोरोनाको जोखिमका कारण उपत्यका भित्र सयभन्दा बढी सिल, भक्तपुरमा मात्रै ५८ घर सिल

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, १२ जेठ २०७७
कोरोनाको जोखिमका कारण उपत्यका भित्र सयभन्दा बढी सिल, भक्तपुरमा मात्रै ५८ घर सिल

काठमाडौं  । कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ । 

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । 

प्रतिक्रिया दिनुहोस