aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भारत आफैले जारी गरेको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालकै !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
भारत आफैले जारी गरेको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालकै !

काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शीर हो सीमा छुट्याएको पाइएको छ । 

भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो । 

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ । 

भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस