aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एकैदिन करिब ६ हजार नेपाली सुदूरपश्चिमका नाकाबाट भित्रिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
एकैदिन करिब ६ हजार नेपाली सुदूरपश्चिमका नाकाबाट भित्रिए

सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मंगलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार ११३ नेपाली नेपाल भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६९४ नेपाली नेपाल भित्रिएका हुन् ।

ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कने क्रम बढेकोछ ।

दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरू क्वारेन्टाइन बस्ने भएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस