aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यतिबेला पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ । महाशाखाले देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

तर, दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही स्थान र पश्चिमी पहाडका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमका एक(दुई ठाउँमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली छ भने स्थानीय वायुको पनि प्रभाव छ।

प्रतिक्रिया दिनुहोस