aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

बैतडी । सीमा नाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । 

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । 

बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । 

उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस