aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

साढे एघार हजारभन्दा बढी ऋणी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
साढे एघार हजारभन्दा बढी ऋणी कालोसूचीमा

ललितपुर । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गरी कुल ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कर्जा सूचना केन्द्र लिमिटेडले उक्त संख्याका व्यक्तिलाई कालोसूचीमा राखेको जनाएको छ ।

त्यस्तै सर्वेक्षणले विभिन्न गैरबैंक वित्तीय संस्थाका सम्पत्ति पनि सार्वजनिक गरेको छ । जसअनुसार कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब ६० अर्ब ७८ करोड पुगेको छ । यसमा सञ्चयकर्ताको सञ्चित रकम तीन खर्ब २३ अर्ब ७५ करोड रहेको जनाएको छ । 

त्यस्तै नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व गरी एक खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसले विभिन्न क्षेत्रमा गरी एक खर्ब ३८ अर्ब ५५ करोड कर्जा तथा लगानी गरेको जनाएको छ । त्यस्तै हुलाक बचत बैंकको कुल निक्षेप एक अर्ब ४३ करोड ७२ लाख रहेकामा यसले ३७ करोड ६४ लाख कर्जा लगानी गरेको छ । यस बैंकमा ६२ हजार ५१७ खाता रहेका छन् ।

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ पुससम्म ४८ अर्ब ५३ करोड कर्जा र ७६ बैंक तथा वित्तीय संस्थाको छ खर्ब ६० अर्ब छ करोड रुपियाँ निक्षेप सुरक्षण गरेको जनाएको छ । यस कोषले दुई करोड ५३ लाख १३ हजार ९२४ निक्षेप खाताको सुरक्षण गरेको छ । गोरखापत्रबाट   

प्रतिक्रिया दिनुहोस