aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो । 

बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस