डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षिया बालकको मृत्यु भएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको हो । उनी भारतको मुम्बइबाट आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका थिए । सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस