aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भारतबाट फर्किदै गरेका मजदुरको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
भारतबाट फर्किदै गरेका मजदुरको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

बाँके । बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी २ स्थित ठुरिया जंगलमा राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेको हो।

नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । घाइतेको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस