aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

‘प्रदेश ५ मा भारतबाट आएकामा कोरोना संक्रमण देखिएको हो, किसानले फलाएको तरकारीमा होइन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
‘प्रदेश ५ मा भारतबाट आएकामा कोरोना संक्रमण देखिएको हो, किसानले फलाएको तरकारीमा होइन’

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना फैलिएको जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएपछि आपत्ति जनाएका छन्। 

कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्न सक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो। यो घटनाप्रति मुख्यमन्त्री पोखरेलले असन्तुष्टि जनाएका हुन्। 

मुख्यमन्त्री पोखरेल भन्छन्, प्रदेश ५ मा संक्रमण भारतवाट आएर क्वारेन्टाइनमा बसेका र त्यसको व्यवस्थापन गर्नेमा देखिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले फेसबुकमा भनेका छन्, ‘किसानले फलाएको तरकारीमा कोरोना देखिएको होइन। सचेत बनौं।’

प्रतिक्रिया दिनुहोस