aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कर्णालीमा थपिए ७५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
कर्णालीमा थपिए ७५ जना कोरोना संक्रमित

वीरेन्द्रनगर  । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सोमबार गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको  पुष्टि गरेका हुन् ।

उनका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् । यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस