aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कोरोना सर्ने हल्लामा कृषि उपजको बिक्री र ढुवानी नरोक्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
कोरोना सर्ने हल्लामा कृषि उपजको बिक्री र ढुवानी नरोक्न निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ । पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन नदिइएको र तरकारी फाल्न बाध्य बनाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न भनेको हो ।

यसरी ढुवानी रोक्दा कृषकको उत्पादन खेर जाने, उनीहरुको मनोबल खस्कने र कृषि वस्तुको आयात बढ्ने कृषि मन्त्रालयले चेतावनी दिएको छ ।

स्वास्थ्यका मापदण्डहरु पालना गरी कृषि तथा पशुपंक्षी उपजहरुको ढुवानी र बिक्रीवितरण हुने व्यवस्था मिलाउन मन्त्रालयले फेरि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस