aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाडौं । विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । 

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस