काठमाडौं । अरब सागरमा उत्पन्न एक शक्तिशाली चक्रवातले दक्षिण एसियालाई प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि पर्ने भएको छ ।
चक्रवातको असरले नेपालमा केही दिन भारी वर्षा गराउनेछ । चक्रवात बुधवार बिहानसम्म शक्तिशाली स्वरूप लिएर अगाडि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘पूर्ण रूपमा चक्रवात नबन्दैको अवस्थामा पनि यति बेला भारतको गोवा क्षेत्रमा भारी वर्षा गराइरहेको छ । नेपालमा भने बुधबारदेखि बदली शुरू हुनेछ’, मौसमविद् मञ्जु कँडेलले भनिन् ।
आउँदो बिहीवार, शुक्रवार र शनिवार यसको असर नेपालमा बढी पर्ने उनले बताइन् । यसका कारण देशभर वर्षा हुने तथा पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस