aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

लकडाउन खुकुलो बनाइँने, यस्तो छ तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
लकडाउन खुकुलो बनाइँने, यस्तो छ तयारी

काठमाडौं । लकडाउनकै अवस्थाबीच विकास निर्माण, अत्यावश्यकीय सेवा र बैंकिङ कारोबार केही खुकुलो बनाउने कार्ययोजना तयारीमा उच्चस्तरीय समन्वय समिति जुटेको छ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकमा बन्दाबन्दीबीच आर्थिक क्रियाकलाप, विकास निर्माण, उद्योग व्यवसाय र अत्यावश्यकीय सेवा केही खुकुलो बनाउने प्रस्तावबारे छलफल भएको छ।

उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण बिडारीका अनुसार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृहमन्त्रालयद्वारा जारी सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गर्नैपर्ने सेवाका विषयमा बैठकमा छलफल भएको छ।

बिडारीले भने, ‘लकडाउनबीच पनि सेवा सहज बनाउनेबारे पहिलो चरणमा छलफल भयो। चरणबद्ध रुपमा छलफलपछि बन्दाबन्दीको स्वरुपबारे छिट्टै निर्णय हुन्छ। बैंकिङ कारोबार, अत्यावश्यक सेवा, उपचार, प्रयोगशालालाई सहजता दिँदै अगाडि बढ्ने योजना छ।’आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस