aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्वरोजगार लघुवित्त र जनक लघुवित्तको असोज २५ गतेदेखि एकिकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
स्वरोजगार लघुवित्त र जनक लघुवित्तको असोज २५ गतेदेखि एकिकृत कारोबार

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गते देखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । असोज २ गते नेपाल राष्ट्रबैंकले स्वीकृति दिएसँगै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन । 

एकिकृत कारोबार सुरु हुनेदिन यस वित्तीय संस्थाका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ , काभ्रेपलाञ्चोकमानै रहनेछ । 

जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक भएका हुन । प्राप्ती पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड ६३ लाख पुगेको छ  । प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तयारी स्वरोजगार लघुवित्तको रहेको छ । 

प्रतिक्रिया दिनुहोस