aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको संस्थापक शेयर बाँडफाँट गरेको छ । बैंकले भदौ ३० देखि असोज ४ गतेस विक्री गरेको संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर असोज २७ गते बाँडफाँट गरेको हो । 

यो शेयर रितपूर्वक आवेदन दिने २० जना आवेदकलाई बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ । यी आवेदकहरुलाई असोज १३ गते प्रारम्भिक बाँडफाँट गरी बैंक अफ काठमाडौंको सञ्चालक समितिको स्वीकृतिका लागि पठाइएकोमा स्वीकृति प्राप्त भएपश्चात बाँडफाँट गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

 प्रारम्भिक बाँडफाँटमा नपरेको शेयर वापतको रकम असोज १४ गतेदेखि आईपीएस मार्फत आवेदकहरुले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिसकिएको समेत विक्री प्रबन्धकको भनाई छ । 

प्रतिक्रिया दिनुहोस