aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

इन्भेष्टमेन्ट बैंकको नाफा २६.१२ प्रतिशतले घट्या्, निष्क्रिय कर्जा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
इन्भेष्टमेन्ट बैंकको नाफा २६.१२ प्रतिशतले घट्या्, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २६.१२ प्रतिशले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको वितरण योग्य मुनाफा २० करोड ५० लाख ९८ हजार रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी १० करोड ६३ लाख रुपैयाँ बढेर १ अर्ब ६३ करोड ३५ लाख रुपैया पुगेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३१ करोड ५१ लाख रुपैयाँ घटेर ८९ करोड ११ लाख रुपैयाँ रहेको छ । 

 बैंकको निष्क्रिय कर्जा २.८४ प्रतिशतबाट बढेर २.८० प्रतिशत पुगेको छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब ३६ करोड रुपैयाँबाट बढेर १ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब ३५ अर्ब ४५ करोडबाट घटेर १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा घटेर १७ रुपैयाँ ५१ पैसा भएको छ । गत वर्ष यस्तो आम्दानी २६ रुपैयाँ २५ पैसा रहेको बैंकको थियो । 

प्रतिक्रिया दिनुहोस