काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले नेप्सेमा सुचना जारी गर्दै उक्त शेयर सर्वसाधारणमा परिणत भएको जानकारी दिएको हो ।
उक्त शेयर सर्वसाधारणमा परिणत भएपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारण तर्फ ४५ दशमलव १५ प्रतिशत कायम भएको छ । यस कम्पनीको चुक्तापूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस