aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

देशभरका २२ स्थानको जग्गा लिलामी गर्दै प्रभु बैंक : कहाँ कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
देशभरका २२ स्थानको जग्गा लिलामी गर्दै प्रभु बैंक : कहाँ कति ?

काठमाडौं । प्रभु बैंकले देशभरका २२ स्थानमा रहेको जग्गा लिलामीमा लैजाने भएको छ । बैंकले आफ्नो स्वामित्वको गैरबैंकिङ सम्पत्तिलाई लिलामीमा लैजान लागेको हो । पूर्वमा झापाको भद्रपुरदेखि, सुनसुरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गाहरुलाई शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न लागेको हो । 

सो लिलामीमा सहभागी हुन चाहने व्यक्तिले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ । यो बोलपत्र मंसिर २३ मा बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा असुली विभागमा खोलिनेछ । 

बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैरबैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस