काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु अवाको यो अवधिसम्म ६५ अर्ब ६९ करोड पुनर्कर्जा प्रवाह भएको बताएका छन् । उनका अनुसार सो कर्जा ४१ हजारभन्दा बढी ग्राहकले लगेका हुन् । जसमा १५ लाख भन्दा कम स्वीकृत भएका कर्जा २३ अर्ब रुपैयाँको छ ।
त्यस्तै चालु आवको यो अवधिसम्म ७२ अर्ब सहुलियत कर्जा प्रवाह भएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । यो कर्जा ४१ हजार ६१८ जनाले उपयोग गरेका हुन् । ‘यो कर्जा लिने पूर्वको ताप्लेजुङदेखि डडेल्धूरासम्मका ग्राहक छन् । अझै राष्ट्र बैंकले कर्जा नपुगेको गाउँपालिकाहरूको अध्ययन गरिरहेको पनि गभर्नर अधिकारीले बताए ।
गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो बनाएर जाने आश्वासन पनि दिए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पत्रकार सम्मेलनमा सहज नीति ल्याउने बताएका हुन् ।

कर्जाको ब्याजदर गत वर्षको तुलनामा घटेकाले उद्यमी व्यवसायीकहरूको मनोबल बढेको छ,’ उनले भने । गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदरलाई निश्चत सीमामा राख्ने, विशेष गरी निक्षेपकर्ताहरुको ब्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको पनि उनले बताए ।
‘कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मूल्य र वाह्य क्षेत्रको स्थायित्वमा थप दवाब सिर्जना हुन नदिने तथा आन्तरिक उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस