aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । सानिमा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो । 

शुक्रबार दिउँसो १ बजे देखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।  सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस