aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

३२८.६८ सम्म मूल्य रेञ्ज पाएको प्रभु लाइफको पहिलो कारोबार १३७ देखि खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
३२८.६८ सम्म मूल्य रेञ्ज पाएको प्रभु लाइफको पहिलो कारोबार १३७ देखि खुला

काठमाडौं । आइतबारदेखि धितोपत्र दोस्रो बजारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ । कम्पनीले शुक्रबार संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।  

नेप्सेले रू. १०९ दशमलव ५६ देखि रू. ३२८ दशमलव ६८ को मूल्य रेञ्ज तोकेको यस कम्पनीको पहिलो कारोबार रू. १३७ देखि खुला भएको छ । प्रि ओपनिङ सेसनमा प्रतिकित्ता रू. १३७ को खरिद विक्री आदेश म्याचिङ हुँदा नियमित सेसनमा सोही मूल्यदेखि कारोबार सुरु भएको हो । बीमा कम्पनीहरुको इतिहासमा प्रभु लाइफको सबैभन्दा कम मूल्यमा पहिलो कारोबार भएको हो ।  

प्रि ओपनिङ सेसनमा कम्पनीको प्रतिकित्ता रू. १३७ देखि रू. १३९ सम्म १०० कित्ता शेयर कारोबार भएपनि नियमित सेसनमा विक्री कर्ता देखिएका छैनन् । ४५ मिनेटसम्मको कारोबारमा १८ लाख ३४ हजार ९३० कित्ता शेयर खरिद माग रहेको छ । खरिद चाप उच्च रहेको कमनपीको शेयरमूल्य भने यो अवधिसम्म प्रतिकित्ता रू. २ ले बढेको छ ।
 

प्रतिक्रिया दिनुहोस