काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत केपी शर्मा ओली पक्षका सासदले पनि दिएका छन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
यस्तै केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । ओली सरकारका वन मन्त्री भएरका बेलामा सरकारी खर्चले किनेको अक्सिनजमा आफ्नो नाम लेखिएको स्टिकर टासेर वितरण गर्दै चर्चामा आएका थिए । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन् ।
प्रतिक्रिया दिनुहोस