काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन । शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिएकी छिन ।
प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसक्नुभएको छ । उन देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन ।
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकै बस्दै आएको नेवारी परिवारमा भएको थियो । आमा बुबाको आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन । आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिएको राजीनामा स्वीकृत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस