काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार नहुने बताएका छन् । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका हुन् ।
बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए। सत्तारूढ दल भित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए।
उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन। त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस