aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नेपाल बैंकका कर्मचारीले नक्कली बैंक ग्यारेन्टीलाई भुक्तानी दिए

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, २३ भदौ २०७८
नेपाल बैंकका कर्मचारीले नक्कली बैंक ग्यारेन्टीलाई भुक्तानी दिए

काठमाडौं । नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीको सहायक पदमा सन्तोष विक्रम शाहसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको ऋण फाँटका सहायक सन्तोष विक्रम शाह विरुद्ध ४२ लाख विगो कायम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर मुद्दा दायर गरेको छ ।

ठेकदारसँग मिलोमतो गरी शाहले भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले लोकबीर बेताली र पाँच कुमारी जेभीका पार्टनरहरु अनिल गुप्‍ता र शिव नन्दन पासवानसगँको मिलोमतो गरेका अख्तियारले जनाएको छ ।

सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरीमा अख्तियाले अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत सरकारी रकम हिनामिना गरेको पुष्टि भएको छ । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस