भैरहवा । देश परिवर्तनको लागि पत्रकारीता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् । आज भैरहवामा लुम्बिनी प्रेस क्लबको पर्यटन पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याइरहे पर्यटन विकासमा छिटैनै फड्को मार्ने भन्दै पर्यटन क्षेत्रमा अब्बल लेख रचना र समाचार सम्प्रेषण गरि पर्यटन विकासमा टेवा पुग्ने बताएका हुन् ।
उनले भने “पत्रकारीता पेसा सम्मानित रहेको तर आर्थिक रुपले सक्षम नभएकोले पत्रकारीता गर्नु जटिल विषय हो । पत्रकारले सत्य तथ्य प्रमाण सहित समाचार सम्प्रेषण गरेमा मुलुक नै परिवर्तन हुन सक्छ, अहिले मुलुकमा दलगत पत्रकारीता हुँदा वास्तविक र तथ्य कुरा ओझेलमा परेको छ ।”
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्यटन नगरिमा रहेर पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न सहयोग गरेको बताउँदै नेपाल सरकारले पनि पर्यटन विकासका सम्भावित ठाउँलाई पहिचान गरि पर्वद्धन गरेमा विकासले फड्को मार्ने बताए । पत्रकारीता पेशा बाहिर देखे जस्तो सहज नभएकोले विविध कठिनाइका वावजुद समाना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
पत्रकारले कलम चलाएकै भरमा देश तथा नगरको मुहार फेर्न सक्ने भन्दै समाचारमा समस्या मात्रै उठाने गर्ने मात्रै नभएर समाधान गर्ने विकल्प समेत दिएमा काम गर्ने निकायलाई सहज हुने सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए । सिद्धार्थनगरले पर्यटन पर्वद्धनको लागि २०५४ सालदेखि पत्रकारीता पुरस्कार स्थापना गरेर वितरण गरेको बताउँदै सिद्धार्थनगर पर्यटकीय नगर भएकोले प्रदेश सरकार र संघीय सरकारले विकासकोलागि प्राथमिकता दिनु पर्ने बताए ।
पत्रकारकारीता सम्वेदनसिल पेसा रहेको र स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पत्रकारलाई राहत र सहयोग हुने कार्यक्रम नल्याएको गुनासो नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग र पर्यटनको विकास गर्न सके देश विकास हुने भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले विकासका लागि योजना बनाएर अगाडि बढे निजी क्षेत्रले साथ र सहयोग गरेर अगाडि बढ्न तयार भएको बताए । अहिले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश उद्योग, पर्यटन, कृषि, शिक्षा क्षेत्रमा प्रचुर सम्भावना बोकेकोले राज्यले विकास र प्रवद्र्धनमा जोड दिनु पर्ने शर्माले बताए । कार्यक्रममा सानका अध्यक्ष सिपी श्रेष्ठ, भैरहवा मनिङर््वाक गु्रपका संस्थापक अध्यक्ष विजय सागर लगायतले मन्व्य राखेका थिए ।
रायमाझीलाई भुवन कुमारी स्मृति पुरस्कार
लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पुरस्कार २०७७ बाट पत्रकार कमल रायमाझी सम्मानित भएका छन् । पत्रकार कुलमणि ज्ञवालीको संयोजकत्वमा संकृतिविद् प्रा.डा. गितु गिरी, पर्यटन कार्यलय भैरहवाका प्रमुख र क्लबका कार्यसमिति सदस्य शशी पन्थी सहितको मूल्याङ्कन उपसमितिले रायमाझीलाई पर्यटन पुरस्कार प्रधान गर्न सिफारिस गरेको थियो ।
भैरहवा क्षेत्रमा रहेर १३ वर्षदेखि निरन्तर पत्रकारीता गर्दै आएका रायमाझी फिचरलेखन, खोज तथा अनुसन्धानमुलक लेख र समाचार गरी लुम्बिनी, तिलौराकोट र रामग्राम सम्मका पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पहिचान झल्कने गरी सम्प्रेसण गरेकोले उक्त पुरस्कार प्रदान गरेको मूल्याङ्कन समितिले जनाएको छ । का सदस्य प्रा.डा. गितु बताए ।
अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले आफ्नो आमाको सम्झनामा स्थापना गरेको पर्यटन पुरस्कारबाट यस अघि पत्रकार दिपेन्द्र बडुवाललाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस