aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

झन्डै तीन महिनापछि देउवाले विस्तार गरे मन्त्रिपरिषद, यी हुन् उनका सारथी (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
झन्डै तीन महिनापछि देउवाले विस्तार गरे मन्त्रिपरिषद, यी हुन् उनका सारथी (सूचीसहित)

काठमाडौं । झन्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। 

शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ । देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

काँग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, सञ्चार, सूचना तथा प्रविधिमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्र मन्त्रालयमा नारायण खड्का, रक्षा मन्त्रालयमा मिनेन्द्र रिजाल, कानुन न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडू, खानेपानी मन्त्रालयमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा उमा रेग्मी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गजेन्द्र हमाल रहेका छन् । 

त्यस्तै, माओवादी केन्द्रबाट ऊर्जा मन्त्रालयमा पम्फा भुषाल, अर्थ मन्त्रालयमा जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधिमा देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वर गहतराज रहेका छन् । 

यस्तै, एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामा विरोध खतिवडा, सहरी विकास मन्त्रालयमा रामकुमार झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ (किसान), संस्कृति पर्यटन तथा नागरिक उड्यनमा प्रेम आले र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् । 

त्यसैगरि, जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार तथा यातायातमा रेणु यादव, वन तथा वातावरणमा रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमा प्रमोद साह रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस