काठमाडौं । १२ दिनको अन्तरालमा पेट्रोलियम पर्दाथको इन्धनको मूल्य वृद्धि भएपछि सर्वत्र विरोध भएको छ । विहीबार ६ विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने बताएका छन ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको आर्थिक सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी संगठनका नेताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, सत्तारुढ दल सम्बद्ध समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लगायतले इन्धनको मूल्य वृद्धि फर्ता लिन चेतावनी दिएका छन ।
कार्यक्रममा बोल्दै अर्थविद डा अच्युत वाग्लेले भने हरेक पटक आयल निगमलाई नै राजनीति गर्ने थलो बनाउनुलाई नै ठूलो समस्याका रुपमा देखेको बताए । उनले भने, कर हटाउछौ भनेर सर्वसाधारणमाथि राजनीति गर्न अपराध भएको हो । इन्धन ढुवानीदेखि नै सबै क्षेत्रमा भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्टचारलाई प्रमाणित गरेर रोकौँ। अब ग्यास चुलोको बिस्थापन गरेर पुर्वाधार परिवर्तन गरिनुपर्छ । जनताको घरघरमा वाइरिङ्ग गर्ने गरेर विद्युतको पूर्वाधारसम्म काम सरकारले गर्नुपर्छ।’
नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस