aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

डिआइजी पालको ‘पक्राउ पुर्जी’ प्रधानमन्त्रीले किन रोके ?

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०२ मंसिर २०७८
डिआइजी पालको ‘पक्राउ पुर्जी’ प्रधानमन्त्रीले किन रोके ?

काठमाडौं । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।  प्रहरीमा दोस्रो वरीयताका पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिई चौथो नम्बरका प्रद्युम्न कार्कीलाई तोकिएको थियो। 

प्रतिक्रिया दिनुहोस