aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई


काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो । 

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक वीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए । 

त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा भएको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्याएको सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लैजाने  प्रतिवद्धता समेत ब्यक्त  गरे  । 
 

प्रतिक्रिया दिनुहोस