aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सोमवार नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
सोमवार नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४६० को आधारमा बोनस शेयरपछिको मूल्य रू. ४०८ दशमलव ४९ तोकेको हो । 

बैंकलले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंढिबशसर १७ गते ३५औं वार्षिक साधाररण सभा बोलाएको छ । बैंकको केन्द्रिय कार्र्यालय दरबारमार्ग , काठमाडौंमा विहान १० बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तय गरिदिएको हो । समायोजपछिको कारोबारमा सहभागी शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछैनन् ।

बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट हाल ंकायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । लाभांश वितरणको प्रस्तावसँगै बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण सहितका प्रतिवेदनहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

साथै संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनमा जाने विषयमाथी पनि बैंकले सभामा छलफल गरी जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस